गर या मर को अवस्थामा भारत

मुख्य खबर

नेपालगन्ज : वेष्ट इन्डिजविरुद्धको पाँच ट्वान्टी२० शृंखलाको तेस्रो खेलमा भारत ‘गर या मर’ को स्थितिमा छ ।आज “गर या मर” को अवस्थाको खेलबाट सिरिज जित्ने आशा बचाउने लक्ष्य सहित उत्रीने छ भारत।

पछिल्ला दुबै खेलमा भारत वेष्ट इन्डिजसँग पराजित भएको थियो । दुबै खेलमा हार बेहोरेपछि भारतीय टोली दवावमा छ ।

घरेलु टोली वेष्ट इन्डिज लगातार तेस्रो खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्ने दाउँमा हुनेछ । पहिलो खेलमा चार रन र दोस्रो खेलमा वेष्ट इन्डिज दुई विकेटले विजयी भएको हो ।

भारत धेरै नया खेलाडी लियर वेस्टइन्डिज टुरमा छ। भारतिय टिमको कप्तान हार्दिक पान्ड्याले गरेका छन भने अनुभवी खेलाडिमा सुर्यकुमार यादव र युजबिन्दर चाहल र कुलदिप यादव रहेका छन।

मंगलबार गुयनामा हुने खेल नेपाली समयअनुसार राति पौने आठ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *