

नेपालगन्ज : नेपाली युवा फुटबलर दीपकराज सिंह ठकुरी अष्ट्रेलिया पलायन भएका छन् । उनी आज सोमबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका हुन्।

दीपक केहि महिनाअघि सम्पन्न शहिद स्मारक ए डिभिजन लिगमा सबैभन्दा धेरै गोल गर्ने नेपाली खेलाडी समेत बनेका थिए।


दीपकले नेपालमा भएको थ्री नेसन्स कपमा लाओसविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।


बाकेको खजुरा स्थायी घर भयका दिपकले सुदुरपस्चिम ११ बाट ब्याबसायिक फुटबल सुरु गरेर हाल सातदोबाटो बाट ए डिभिजन लिग खेलेका थिय। प्रचुर सम्भावना बोकेका स्पीड र गोल स्कोरिङ्ग क्षमताले मैदानमा आफ्नो प्रभाव छोडन सफल खेलाडी थिय दिपक ।
भारतमा भएको साफ च्याम्पियनसिपको लागि उनी टोलीमा परेका थिए । टोलीमा रहे पनि उनले मैदानमा उत्रने अवसर भने पाएका थिएनन् ।
आगामी अक्टोबरमा हुने विश्वकप छनोटका लागि घोषित प्रारम्भिक टोलीमा उनी अटाएका थिएनन् ।
