नेपालगन्जमा सुपस्टार डान्सिङ्ग र सिङ्गिङ्ग हुने

मुख्य खबर

नेपालगन्ज : बाँकेको नेपालगन्जमा पहिलोपटक भारतीय प्रतिस्पर्धी सम्मेलित नेपाली सुपरस्टार डान्सिङ एण्ड सिङ्गिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

आर के वि नृत्य एवं कलाकेन्द्र र हेन्कक इन्टरटेनमेन्ट हाउसले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

भारतको विभिन्न क्षेत्रमा अडिसिन लिएर भारतीय प्रतिस्पर्धीको समेत सहभागीता रहने आयोजकले नेपालगन्जमा आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगिताको फिनाले नेपालगन्जमा सम्पन्न हुने भए पनि अडिसन भने बाँके, बर्दिया र दाङमा समेत हुने आयोजक संस्थाले जनाएको छ । भने पहिलो अडिसन कोहलपुरमा हुने आयोजक संस्था आर के वि नृत्य एवं कलाकेन्द्र र हेन्कक इन्टरटेनमेन्ट हाउसले जनाएको छ ।

नृत्य र गायन बिधामा आयोजना हुने प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख रुपैयाँ सहित अन्य गिफ्ट ह्याम्पर रहेको आयोज संस्था हेन्कक इन्टरटेनमेन्ट हाउसका प्रवन्ध निर्देशक रितेश गौतमले जानकारी दिएका छन् ।

नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी दिदै आयोजक संस्था मध्यको एक आर के वि नृत्य एवं कलाकेन्द्रका प्रवन्ध निर्देशक राजन कुमार वैश्यले प्रतियोगितामा कुनै पनि प्रतियोगीलाई टिकट बिक्रीको जिम्मा नदिने र कलाको आधारमा छनौट गरिने बताए ।

पछिल्लो समय कुनैपनी प्रतियोगितामा टिकट बिक्री र सोही टिकट बिक्रीको आधारमा उत्कृष्ट छनौट गर्ने परिपाटीको बारेमा बोल्दै आफ्नो प्रतियोगितामा त्यस्तो नहुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *