नेपालगन्ज : समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल फिफा महिला विश्वकपबाट बाहिरिएको छ ।
पानामालाई हराएको ब्राजित फ्रान्ससँग पारजित भएको थियो । यसैगरी फ्रान्ससँग बराबरी खेलेको जमैकाले पानामालाई हराएको थियो ।

यो नतिजासँगै समूह ‘एफ’ को ब्राजिल तीन खेलमा चार अंक जोड्दै तेस्रो स्थानमा रह्यो । जमैका भने समान खेलबाट पाँच अंकका साथ उपविजेताका रूपमा अन्तिम १६ मा पुगेको छ ।
