धार्मिक क्रस राइड यात्रा हुने

मुख्य खबर

श्रावण १६
नेपालगन्ज: इन्डुरो टोलीले यहीँ साउन २७ गते नेपालगन्ज देखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा गर्ने भएको छ ।

टिम डि-एडजको आयोजनामा सुरु हुने क्रसराइडको यात्रा डि एड्ज फिटनेस क्लव ,जङ्गल हुदै राप्ती पुल, सन्तानेश्वर,अगैंया, कोहलपुर हुदै पुन नेपालगन्ज आइपुग्ने टिम डिएडजका संचालक तथा संस्थाका आयोजक दिनेश थापाले बताएका छन ।

थापाका अनुसार श्रावण २७ गते शनिबार बिहान ६ बजे डि एड्ज फिटनेस् क्लव देखि यात्रा गर्ने र नेपालगन्जका डर्ट मोटरसाइकल टिम एक भई बाँकेका धार्मिक तथा पर्यटकीय, कृषी क्षेत्रलाई पहिचान गराउने उदेश्यले डर्ट मोटरसाइकल यात्रा गर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *