आल्मुनियम ब्याबसायी गोलबद्द हुदै

मुख्य खबर

श्रावण १३ गते नेपालगन्ज

बाँके आल्मुनियम स्टिल एण्ड यु.पि.सी.सी व्यावसाय संघको तदर्थ समिति गठन गरेको छ ।

प्रथम पटक आल्मुनियम व्यावसायीहरुको भेटघाट तथा छलफलले जनक पहारी मगरको अध्यक्षतामा भएको भेलाले बाँके आल्मुनियम स्टिल एण्ड यु.पि.सी.सी ब्यबसायी संघको तदर्थ समिति गठन गरेको हो ।

भेलाले अध्यक्षमा जनक पहारी मगर सहित ११ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा आविद निहाल, सचिवमा रविन पोखरेल , कोषाध्यक्षमा नारायण बुढामगर रहनु भएको छ । तेस्तै सदस्यमा जीवन पौडेल, राजेश यादव, तेज ब. बोहोरा, अशोक गुरुङ, शमशाद शेष, उमेश प्याकुरेल, छोटू अली कशगढ़ रहनु भएको थियो भने सल्लाहकारमा नविन शर्मा, कृष्ण प्रसाद पोखरेल, वसन्त बोहोरा, विकल श्रेष्ठ र शिशिर क्षेष्ठ रहुनु भएको छ ।

उक्त समितिले छिट्टै विधान तयार पारेर संस्था दर्ता गर्ने र बाँकेमा रही आल्मुनियम सम्बन्धि काम गरिरहेका सम्पूर्ण आल्मुनियम व्यावसायीहरुलाई ऐक्यबद्धता गराउने उदेश्यले तदर्थ समिति गठन गरेको अध्यक्ष जगर बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *