
नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेल संघहरुको वर्गीकरण गरिने बताएका छन् ।
आज काठमाडौमा आयोजित नेपालमा मोटर स्पोर्टसको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालको चुनावी साधारण सभालाई सम्बोधन गर्दै सदस्य सचिव टंकलाल घिसिङले सो कुरा बतायका छन ।

घिसिङ्गले भने -`दुई सय भन्दा धेरै संख्यामा रहेका खेल संघलाई दुई अंकमा झार्ने घोषणा गरेका थियौं । सोही अनुसार धेरै संघहरु निर्वाचन प्रक्रियामा रहेका छन् । अब पहिलो त्रैमासिक भित्र खेल संघहरुको समेत वर्गीकरण हुनेछ ।’
नेपालमा पदाधिकारी बन्न र अवसर लिनमात्र राखेपमा खेल संघ दर्ता गर्ने खराब परम्परा छ । संघको अफिस झोलामा राखेर सञ्चालन गर्ने र पदाधिकारी बनेर विदेश यात्रा र खेलकुदको अनुदान लिन मात्र धेरै खेल संघ अस्तित्वमा रहदै आएका छन् ।
सदस्य सचिव घिसिङले ऐनलाई कर्मकाण्डी रुपमा लागु गर्नका लागि खेल संघहरुको प्रदेश संरचना नबनाउन चेतावनी दिए ।
‘राष्ट्रिय संघ बन्न कम्तिमा ४ प्रदेश र २० जिल्ला रहने व्यवस्थालाई मात्र पुरा गर्न संघहरुले प्रदेश संरचना कागजमा बनाउन हुदैन । हिजोका दिनहरुमा बन्द कोठामा कागजमा संघ गठन गर्ने गलत परम्परालाई रहेको थियो । अब नियमनकारी निकायको रुपमा प्रदेश संरचनाको कडाईका साथ अनुगमन गरिनेछ ।’ सदस्य सचिव घिसिङले भने । – khelpati
