मान बहादुर ११ औं कप्तान

मुख्य खबर

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर पुरुष भलिबल टोलीको ११ औं कप्तान हुन् ।  मानबहादुरले आर्मीको कप्तानी पनि गरिसकेका छन् ।

गएको महिना मात्र नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाईएपछि श्रेष्ठलाई नियुक्त गरिएको हो । 

काठमाडौंमा भर्खरै सम्पन्न सातौं एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशान भंग गरेको आरोपमा थापा कप्तानबाट हटाईएका हुन् । 

सन् २०१५ मा मानबहादुरले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । मानबहादुर त्यसयता निरन्तर खेलिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *