जितका लागि खेल्ने छ – प्रशिक्षक थापा

मुख्य खबर

राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल आज आईतबार खेल्दैछ । 

मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले दोस्रो खेल खेल्न लागेको हो । 

एशियाडको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ । नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्दै छ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा नेपालको तर्फबाट बराबरी गोल फर्काएकी थिईन् ।

राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक अनन्तराज तामाङले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा जित निकाल्न कोशिश गरिने बताएका  छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *