दिपक(बिक्रम)लाइ गृह पालिकामा सम्मान

खेलकुद

खजुरा: खजुरा गाउँपालिका वडा नम्बर २ निवासी नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी दिपक राज सिंह ठकुरीलाई खजुरामा नगद सहित सम्मान गरिएको छ ।

खजुरा गाउँपालिका र खजुरा गाउँपालिका खेलकुद बिकास समितिले ठकुरीलाई नगद रुपैयाँँ २५ हजार सहित सम्मान गरेको हो ।

खजुरा गाउँपालिका खेलकुद बिकास समितीले एक औपचारिक कार्यक्रम गर्दै पालिका परीसरमा खजुरा गाउँपालिकाबाट नेपाली राष्ट्रिय फुटबल टिममा पर्न सफल खेलाडी ठकुरीलाई उत्कृष्ट खेल प्रदर्शन गर्दै पालिकाको नाम राख्न सफल भएकोमा सम्मान गरिएको खजुरा खेलकुद बिकास समितीका सदस्य सचिब छवि बिष्टले जानकारी दिएका छन् ।

कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले खेलकुद मार्फत जिल्ला र खजुराको नाम राखेकोमा राष्ट्रिय खेलाडी ठकुरीलाई धन्यवाद दिदै आगामी दिनमा अझै प्रगती गर्न भनेका थिए भने खजुरा गाउँपालिका सधै खेलाडीको साथमा रहेको जिकिर गर्दै खेलकुद र खेलाडीको बिकासको लागी पालिकाले उचित कदम चाल्ने बताएका थिए ।

सम्मान कार्यक्रममा पालिका उपाध्यक्ष मन्जु मल्ल, खजुरा गाउँपालिका वडा नम्बर १,२,३ ४,५ का वडा अध्यक्षहरु लगायत पुर्ब भलिबल प्रशिक्षक लाल बहादुर मल्ल, लगायतको सहभागीता रहेको थियो ।

खजुरा गाउपालिकाले गयको चैत्रमा कबड्डि जुनियर बिस्वकप प्रतियोगितामा ऐतिहासिक कास्य पदक बिजेता नेपाली टिमका खेलाडी खजुरा-७ का इसरार खानलाई ५१०००| (एकाउन्न हजार) सहित सम्मान र खजुरा परिक्रमा गरायको थियो।

पछिल्लो समय खेलकुदमा खजुराले सकारात्मक पहलकदमी लिदै गयको देखिन्छ।खजुरा आफैमा खेलाडी उत्पादनको उर्बरभुमी हो जहाँ लाल बहादुर मल्ल, केसमाया श्रीश , मान बहादुर काउचा, बिनु बुढामगर, सोनिया भट्ट , कृष्णा खत्री जस्ता खेलाडी रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *