जित्नैपर्ने खेलमा नेपाल र सम्भाबित ११

खेलकुद

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत भोली शनिबार नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ । 

नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ ।

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्सबीचमा पहिलो पटक खेल हुन लागेको हो । तर, एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा भने नेपाल र नेदरल्यान्डबीच खेल भईसकेको छ । 

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । 

नेपालकालागी आजको खेल फाइनल सरह हुनेछ।सुपर सिक्स पुग्न आजको खेलजित्नै पर्ने दबाबमा हुने छ नेपाल। आजको महत्त्वपूर्ण खेलकालागी सम्भाबित प्लेइङ्ग ११ यस्तो हुनसक्ने अनुमान छ।

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *