भैयापुरमा रोपाइ महोत्सव हुने; तयारि पूरा- आयोजक

कृषि मुख्य खबर

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बरमा १९ भैयापुरमा आयोजनाको तयारी गरिएको रोपाई फेस्टिभलको तयारी पूरा भएको छ ।

आयोजना स्थलमा आयोजक दि एज एग्रो प्रालीले बुधबार पत्रकारसंग कुरा गर्दै रोपाई फेस्टिभलको तयारी पूरा भएको जनाएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा आयोजना हुने रोपाई महोत्सवको लागी तिन बिगाह क्षेत्रफलमा खेत तयार गरिन लागेको आयोजक संस्थाले बताएको छ।

युवापुस्तालाई कृषि र खेतिपातीसंग जोड्न र रोपाईलाई उत्सव तथा सस्कारको रुपमा मनाउने गरि तयारी गरेको र असार १५ गते युवापुस्तासङ्गै यस क्षेत्रका कृषक, विभिन्न संघ संस्थाका प्रतिनिधि नेपाली सेना र बाँके दाङ तथा अन्य जिल्ला बाट पनि कार्यक्रममा रमाइलो गर्न सहभागीता रहने आयोजकले बताएको छ ।

रोपाई महोत्सवमा धान रोपाई संगै संस्कृतिक नृत्य, हिलो खेल्ने कार्यक्रम, डोरी तानातान कार्यक्रम, लाईभ म्युजिक, डीजे सेसन सहित पन्चे बाजाको आकर्षण समेत हुने आयोजक सस्थाका संचालक दिनेश थापाले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *