अध्यक्ष तुफानले गरे मस्जिद उदघाटन

समाचार

बकर ईदको अवसरमा खजुरामा ५ मा मस्जिद उद्घाटन

नेपालगन्ज : बकर ईद (ईद उला अजाह) को उपलक्ष्यमा खजुरा गाउँपालिका वडा नम्बर ५ मा निमार्ण गरिएको मस्जिदको उद्घाटन गरिएको छ ।

बकर ईद (ईद उला अजाह) को उपलक्ष्यमा खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर बिक तुफानले नवनिर्मित मस्जिदको उद्घाटन गरेका हुन् ।

मस्जिद उद्घाटन संगै मुस्लिम धर्मावलम्बीको पवित्र चाड बकर ईद (ईद उला अजाह) को अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

मस्जिद उद्घाटन तथा धर्मावलम्बीको पवित्र चाड बकर ईद (ईद उला अजाह) को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख बिक संगै पालिका उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अर्जुन सुवेदी तथा वडा अध्यक्ष गरिबे शेष लगायतका सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *