लायन्स क्लब अफ युनिटिमा रुपा ओझा

समाचार

लायन्स क्लब अफ नेपालगंज युनिटीकाे अध्यक्ष सानु
बाँके –

लायन्स क्लब अफ नेपालगंज युनिटीकाे अध्यक्षमा रुपा ओझा (सानु) चयन भएकी छिन् । मंगलबार सम्पन्न लायन्स क्लब अफ नेपालगंज युनिटीकाे प्रथम वार्षिक उत्सवले सानुलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै नेपालगंज युनिटीकाे प्रथम उपाध्यक्षमा सिमिता राणा, दोस्रो उपाध्यक्षमा बसन्ती रोकाया र तृतीय उपाध्यक्षमा अन्जु खड्कालाई चयन भए भने सचिवमा निर्मला केसी, सह सचिवमा सुरेश बुढाथोकी र कोषाध्यक्षमा इन्दिरा वाग्ले चयन भइन् ।

साथै सदस्यहरुमा डा. अंशु शर्मा, गीता भण्डारी, सतीश केसी, ज्योती रस्तोगी थापा क्षेत्री, कान्ति शर्मा, अल्पना गुप्ता, सीता गैरे र कृष्णा सापकोटा चयन भए ।

लायन वर्ष २३/२४ मा नियुक्त पदाधिकारीहरुलाई लायन वर्ष २२/२३ का अध्यक्ष विन्दु चर्ति मगरले पदभार प्रदान गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व जिल्ला गभर्नर मधु सुधन शर्मा रिजाल रहेका थिए ।

त्यस्तै उक्त कार्यक्रमममा २२/२३ अध्यक्ष मगरले विभिन्न लयनकर्मीलाई सम्मान तथा मायाको चिनो पनि प्रदान गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *