खजुरा गाउपालिका बाके जिल्लामै शैक्षिक हबको रुपमा स्थापित भैसकेको छ।शिक्षा समाजको ऐना हो यहि मुल मन्त्र सहित खजुराले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा प्राथामिकताका साथ जोडदियको छ।
आव ०७९/०८० मा कृषि सङ्गसङ्गै प्राथमिकिकरणमा राखियको शिक्षा क्षेत्र आव ०८०/०८१ मा पहिलो प्राथमिकतामा राखियको छ।
के छ शैक्षिक अवस्था:
खजुरा गाउपालिकामा जिल्लामै अब्बल शैक्षिक केन्द्रका रुपमा दुईवटा सामुदायिक नमुना बिधालय रहेका छन भने वडा नम्बर १ देखि ८ सम्म ४७ सामुदायिक बिधालय रहेका छन।जसमा मदरसा समेत रहेका छन।४७ सामुदायिक बिधालय मध्य १५ माबी,१७ मदरसा रहेका छन।सम्पुर्ण सामुदायिक तर्फ लगभग २३० को हाराहारीमा शिक्षकले शिक्षण गरिरहेको अवस्था छ। सामुदायिक बिधालयतर्फ १० हजारको हाराहारी विद्यार्थी अध्यनरत रहेको खजुरा गाउपालिकाको सामुदायिक बिधालयहरुको तथ्यांकले जनाउछ।
खजुरा गाउपालिकामा सस्थागत बिधालयको संख्या २० रहेका छन । खजुरामा २० सस्थागत बिधालय रहेकोमा १० बिधालयमा माबी (१-१२) संचालित छन । तेसै गरि बाकी १० स्तरबृद्दिकै चरणमा छन र निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आयका छन।तेसैगरि खजुरा क्षेत्रका सस्थागत बिद्यालयमा लगभग ८२०० बिध्यार्थी अध्यनरत छन भने ४०० बढी शिक्षित जनशक्त्तिले रोजगारी प्राप्त गरेका छन।यसरी हेर्दा समग्र खजुराको शैक्षिक अवस्थाको एउटा खरो खम्बाको रुपमा सस्थागत बिद्यालय रहेका छन जुन शैक्षिक गुणस्तर वृद्धि रोजगारको अवसर प्रदान तथा दक्ष जनशक्ति उत्पादनमा पहरेदारी गरिरहेका छन।
यता खजुरामा दुई क्याम्पस रहेका छन जहाँ उच्च शिक्षा अध्ययन गराउने काम हुन्छ।एउटा पब्लिक क्याम्पस रहेको छ- ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस भने अर्को खजुरा क्याम्पस छ जुन सस्थागत रुपमा संचालित छ। ज्ञानोदय पब्लिक क्याम्पसमा लगभग ३२५ बिद्यार्थी उच्च शिक्षा अध्ययन गरिरहेका छन।उक्त क्याम्पसमा शिक्षा र ब्यबस्थापन सन्कायतर्फको पढाइ हुन्छ। शिक्षा तर्फ स्नातकोत्तर (m.ed) र ब्यबस्थापन तर्फ स्नातक (bbs) सम्मको पढाइ हुन्छ।उता प्राइभेट क्षेत्रबाट संचालित खजुरा क्याम्पसमा समेत ३०० को हाराहारीमा अध्यापन हुने गर्छ। तेहा शिक्षा र ब्यबस्थापन सन्काय संचालित छ।
अब चर्चा गरौ गरौ स्थानीय सरकारले शिक्षामा गरेको लगानी प्राथमिकता र प्राप्त प्रतिफल। जब सम्म लगानी हुदैन तेहा नतिजा प्राय: शून्य नै हुने हो । लगानी अनुसार प्रतिफल के कति आयो त्यो प्रदान हो। आज शिक्षाका नाम मा सामान्य भौतिकपुर्बाधार देखि लिएर शैक्षिक गुणस्तर निर्माणका निम्ति तालिम शैक्षिक सामाग्री बिसयगत शिक्षक उपस्थिती र प्रयोगशालाको अवस्था आदि जरुरी हुन्छन।
खजुरा गाउपालिकाले गत आव ०७९/०८० मा शिक्षा तर्फ ३,२६,८३,००० बजेट अर्थात कुल बजेटको ३.५% बजेट शिक्षामा बिनियोजन गरेको थियो।भने सामाजिक बिकास अन्तर्गतको ५,६२,५०,००० मध्यको ६२% बजेट शिक्षामा थियो। यसरी हेर्दा कहि कतै समग्र बजेट प्रतिशतमा केही कम नै देखिन्छ। तथापी बजेटले निम्न क्षेत्रमा विशेष जोड दियको थियो। शिक्षामा सूचना र प्रबिधिको प्रयोग,शैक्षिक क्यालेन्डर, गुणस्तर निर्माणका लागि सबाद,आधारभुत शिक्षा निसुल्क र सर्बसुलभ, बिधालय छोडने र बिधालय क्षेत्र भन्दा बाहिरका विद्यार्थीलाई बिधालयमा समाबेस गर्ने, पढदै कमाउदै, पुस्तकालय र प्रयोगशाला निर्माण, मुस्लिम, मधेसी, द्वन्द पिडित , सीमान्तकृत छात्रालाइ कक्षा ११-१२ मा छात्रवृत्ति आदि कार्यक्रम छन।
यस आव मा खजुराले शैक्षिक स्तर वृद्धि र शिक्षामा प्रसासनिक सबलता कायम गराउन यौटा महत्त्वपूर्ण कदम चाल्यो तहगत दरबन्दी ब्यबस्थापन । हरेक तहगत रुपमा संचालित बिधालयमा प्रअ ब्यबस्थापन गरेको छ। जुन आफैमा चुनौतीपूर्ण र महत्वपूर्ण कदम थियो।
आव ०८०/०८१ मा शिक्षा पहिलो प्राथमिकता राखेको खजुराले शैक्षिक स्तर उन्नति र गुणस्तरमा कुनै सम्झौता गर्दैन भन्ने मुख्य उद्देश्य सहित विभिन्न कार्यक्रम ल्यायको छ।आव ०८०/०८१ मा कुल बजेट मध्य ३,५१,४६,४०० बिनियोजन गरेको खजुराले कुल बजेटको ४.२% बजेट पर्छ शिक्षामा ।
खजुरा गुणस्तरीय शिक्षा र जिम्मेवार तथा बजारले खोजेको दक्ष जनशक्ति उत्पादनमा दत्तचित्त भयर लागेको छ। शिक्षामा खजुराले गर्नुपर्ने प्रमुख काम हो शिक्षित जनशक्ति उत्पादन र उत्पादित जनशक्तिलाई ब्यबस्थापन । यस बिशयमै समयमै योजनाबद्द कार्यनीति बनायर अगाडि बढनु पर्छ।