खजुरामा ८३ करोड३९ लाखको बजेट

मुख्य खबर समाचार

खजुरा: बाँकेको खजुरा गाउँपालिकाले ८३ करोड ३९ लाख ५३ हजारको बजेट ल्याएको छ । 

खजुरा बसपार्क, ल्यान्डफिल्ड साइट, सहिद स्मृति पार्क निर्माणलाई गौरबको आयोजना घोषणा गर्दै आयको बजेटमा शिक्षालाइ विशेष प्राथमिकता दिदै ५% को हाराहारिमा बजेट बिनियोजित गरियको छ।

पालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँको आयव्ययको अनुमानित विवरणसहितको बजेट प्रस्तुत गरेको हो ।

पालिका उपप्रमुख मन्जु मल्लले खजुरा गाउँपालिकाको बजेट प्रस्तुत बजेटमा  पुँजीगत तर्फ ३१ करोड ५६ लाख ८ हजार ५ सय र चालू खर्च तर्फ ५२ करोड २९ लाख ३४ हजार ५ सय विनियोजन गरिएको छ ।

मल्लले पेस गरेको आगामी बजेटमा खजुराको सामाजिक विकासतर्फ ५ करोड ४५ लाख ९८ हजार ४ सय, शिक्षातर्फ ३ करोड ५१ लाख ४६ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको छ । साथै स्वास्थ्यतर्फ ८५ लाख ५२ हजार, खानेपानी तथा सरसफाइतर्फ १६ लाख, कला संस्कृतितर्फ खजुरा प्रज्ञा प्रतिष्ठानमार्फत १२ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि २५ लाख, सामाजिक सुरक्षातर्फ ५ लाख, युवा तथा खेलकुदतर्फ ४० लाख र आयुर्वेद सेवालाई १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

तेसैगरी आर्थिक विकासतर्फ ३ करोड १४ लाख ६० हजार, कृषि तथा सिँचाइतर्फ १ करोड १२ लाख, लघु उद्यमतर्फ १६ लाख, पर्यटन क्षेत्रको विकासका लागि १ करोड, सहकारी तथा वित्तीय क्षेत्रतर्फ ११ लाख ३६ हजार ५ सय ६०, पशुपंक्षी विकासतर्फ ५६ लाख, भूमिसम्बन्धि समस्या समाधानका लागि २५ लाख, पूर्वाधारतर्फ २ करोड ६४ लाख, गुणस्तरीय दिगो भौतिक पूर्वाधारको विकात गर्न र सडक गुरुयोजना अनुसार सडक निर्माण गर्न १ करोड, अधुरा योजनाहरुको पूर्णता गर्न ११ करोड, गाउँपालिकामा बसपार्क निर्माण गर्न १ करोड, पालिकाभित्रका उर्जा, विद्य्ुतिरकण, तारपोल, हेमपाइपका लागि १६ लाख बिनियोजन गरियको छ।

खजुरा गाउँपालिकाले जनताको नजिकको सरकारको अनुभुती गराउन, जनताले खोजेको बिकास, बिकासलाई बिपन्न नागरिकसम्म पुर्‍याई स्थानीय सरकार छ है भन्ने थप आभास गराउन कार्यबिधी अनुसार जनता संग अध्यक्ष कार्यक्रम सन्चालन गरिने र सो कार्यक्रमको लागी २ करोड बजेट बिनियोजन गरेको उपाध्यक्ष मल्लले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *