कांग्रेसले भन्यो : पर्सामा जसपालाई तीन सिट दिन सकिन्न

मुख्य खबर विचार / ब्लग

१२ असोज, वीरगञ्ज । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा पर्साका प्रतिनिधिसभाका ३ क्षेत्र जनता समाजवादी पार्टीलाई दिन नसकिने बताएका छन् ।

सिट बाँडफाटका क्रममा पर्साका ३ सिट जसपाले पाउने समाचारहरु बाहिरिएपछि कांग्रेसको जिल्ला समितिले असन्तुष्टि जनाएको हो ।

जिल्लाको सबै सिट कांग्रेसले पाउनुपर्ने दावी गर्दै आएको जिल्ला समितिले सत्रारुढ गठबन्धनमा सिट बाँडफाँटमा सहमति भइनसकेको बताएको छ । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले सिट बाँडफाँट टुंगोमा नपुगेको दावी गरे ।

‘हामीले चारवटै क्षेत्रमा दावी गरेका हौं, ३ वटा जसपालाई दिने भन्ने कुरा हावा हो । सिट बाँडफाँडका बारेमा टुंगो लागेको छैन’, अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘एकलौटी गरेर कहाँ हुन्छ ? गठबन्धनमा गिभ एण्ड टेक हुने हो ।यो खबर अनलाईन खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *