रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन

समाचार

रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन

नेपालगन्ज : लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा बाँकेमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा साताब्यापी कार्यक्रम अनुसार आइतबार नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्रमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा रिकभरिङ नेपाल, परिवर्तन समूह, लागू औषध नियन्त्रण ब्युरो, जिल्ला प्रहरी कार्याल बाँके, लागू औषध पुनःस्थापना केन्द्रहरुको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको रिकभरिङ नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन प्रविण बिसीले जानकारी दिएका छन् ।

बिसीका अनुसार लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्ध काम गर्ने सबै सरोकारवाला निकायको सहयोग र समन्वयमा साताब्यापी कार्यक्रम अनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् ।

रक्तदान कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, रिकभरिङ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष इन्द्रा कुमारी जिसी, बाँकेमा रहेका पुनःस्थापन केन्द्रका संचालक तथा प्रतिनिधि र सरोकारवाला निकायको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *