भैयापुरमा रोपाइ फेस्टिबल हुदै

कृषि

असार १० नेपालगन्ज
‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असार- असारको १५ गते धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउन बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राझामा `रोपाइँ festival season-3´ को भब्य तयारी भैरहेको छ ।

टिम D-Edge Agro Hub Pvt को आयोजनामा हुन लागेको `रोपाइँ festival season-3´ को तयारी अन्तिम अन्तिम चरणमा पुगेको टिम D-Edge Agro Hub Pvt का अध्यक्ष तथा संस्थापक दिनेश थापा मगरले जानकारी दिएका छन ।

असार भरी रोपाइँको चटारोले थकित भएका किसानलाई एक दिन धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वासले असार १५, २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको पाइन्छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अहिले अधिकांस धान उत्पादन हुने जग्गाहरु घडेरीका रुपमा पलाटिङ भएका छन । तेसैमा युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको टिम D-Edge Agro Hub Pvt का अध्यक्ष तथा संस्थापक दिनेश थापा मगरले बताए ।

टिम D-Edge Agro Hub Pvt को आयोजनामा हुन लागेको `रोपाइँ festival season-3´मा हुने आकर्षक बिशेषताहरु…
(१) नि:शुल्क प्रवेश : समावेशीता सुनिश्चित गर्न र अधिकतम सहभागितालाई प्रोत्साहित गर्न, हामी सबै आगन्तुकहरूलाई निःशुल्क प्रवेश प्रस्ताव गर्दछौं।
(२) दही चिउरा : दही चिउरा लगायतका परम्परागत नेपाली व्यञ्जनहरू सबै सहभागीहरूका लागि उपलब्ध हुनेछन्, जसले उनीहरूलाई हाम्रो संस्कृतिको प्रामाणिक स्वादको स्वाद लिन मद्दत गर्नेछ।
(३) पञ्चे बाजा : प्रत्यक्ष पञ्चे बाजा (परम्परागत सांगीतिक ब्यान्ड) प्रदर्शनले एक जीवन्त वातावरण सिर्जना गर्नेछ, कार्यक्रमको सांस्कृतिक सारलाई बढाउँछ।
(४) लाइभ म्युजिक र डीजे : कार्यक्रममा प्रतिभाशाली स्थानीय कलाकारहरू र एक डीजे द्वारा उत्सवको भावनालाई दिनभर जीवित राख्नको लागि प्रत्यक्ष संगीत प्रदर्शनहरू प्रस्तुत गरिनेछ।
(५) प्रिपेड फूड स्टलहरू : हामी प्रिपेड फूड स्टलहरू व्यवस्थित गर्नेछौं जहाँ सहभागीहरूले विभिन्न प्रकारका स्वादिष्ट स्थानीय परिकार र खाजाहरूको मजा लिन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *