बिस्वकप क्वालिफायर अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपाल नेदरल्यान्ड सङ्ग ७ विकेटले पराजित भयो।
जिम्बाबेको हरारे स्थित टाङ्गासिरा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निकै खराब ब्याटिङ गर्ने क्रममा ४४.३ ओभरमा १६७ रन मात्र बनाउन सक्यो।नेपालका लागि माथिल्लो क्रममा कुशल भुर्तेल भिम सार्की र कप्तान रोहित पौडेलले छोटो- छोटो पारी खेलेपनि अरु ब्याटसम्यान क्रीजमा जम्न सकेन्न। कुशलले २७ भिमले २२ र रोहितले ३३ रन हाने भने तल्लो क्रममा ब्याटिङ्ग गर्न आयका सन्दिप लामिछानेले २७ रनको आसलाग्दो पारी खेले।

नेदरल्यान्डका लागि लोगन भान विक ले ४ विकेट लिय भने सिंह र लिडले २-२ तथा फ्लोयाड र डटले १-१ विकेट लिय।

१६८ रनको लक्ष्य पिछा गर्न नेदरल्यान्डले २७.१ ओभरमा लक्ष्य पूरा गर्यो।उस्कालागी ओपनर म्याक्सवेल प्याट्रीक ओ डाउडले आक्रमक ७५ बलमा ९० रन हाने भने बिक्रमजित सिंह ले ३० र बास डे लिडले नटआउट ४१ रन हाने।
नेपालका सन्दिप लामिछानेले २ विकेट लिदा गुल्सनले १ विकेट लगे।
यो हारसङ्गै नेपालको सुपर सिक्स पुग्ने ढोका बन्द भयको छ।नेपालले आफ्नो पहिलो खेल जिम्बाबे तेस्रो खेल वेस्टइन्डिज र अन्तिम खेल नेदरल्यान्डसङ्ग पराजित भयो भने दोस्रो खेलमा अमेरिकालाइ पराजित गरेको थियो।