धान दिवस तथा रोपाइ महोत्सव मनायो खजुराले

कृषि

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर ३ मा २० औं धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।

जलवायु अनुकुल कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानको प्रमुख आतिथ्यमा खजुरा गाउँपालिका वडा नम्बर ३ मनकामनामा धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो ।

खजुरा गाउँपालिका कृषि शाखाको आयोजनामा भएको धान दिवस तथा रोपाई महोत्सवमा बोल्दै पालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको जिकिर गर्दै कृषि क्षेत्रलाई पालिकाले प्राथमिकता दिदै बजेटमा ब्यवस्था गरेको र कृषिको बिकास र बजारीकरणको लागी गाउँपालिका सधै कृषकको साथमा रहेको बताएका थिए ।

धान दिवस तथा रोपाई महोत्सवको कार्यक्रममा बोल्दै पालिका उपाध्यक्षले कृषि क्षेत्रको बिकासको लागी कृषि तथा सिँचाईमा गाउँपालिकाले आगामी आवको बजेटमा १ करोड १२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको बताएका छन् ।

कार्यक्रममा खजुरा गाउँपालिका कृषि शाखाका प्रमुख पुनम पौडेल, खजुरा गाउँपालिकाका लेखा अधिकृत प्रदिप सुनार, खजुराका अगुवा कृषक टेक नारायण लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *