नेपालको भिडन्त कुवेतसङ्ग

खेलकुद मुख्य खबर

दक्षिण एसियाली फुटबलमा सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण आज (बुधबार) बाट भारतको बेङलुरुमा सुरु हुँदैछ । प्रतियागिताको उद्घाटन खेलमा नेपालले दक्षिण एसिया बाहिरको आमन्त्रित टोली कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । श्री कान्तिराभा मैदानमा खेल पौने चार बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, बंगलादेश र आमन्त्रण गरिएका दक्षिण एसिया बाहिरका कुवेत र लेवनानले सहभागिता जनाएका छन् । फिफा प्रतिबन्धका कारण यसपाली प्रतियोगितामा श्रीलंका छैन ।

नेपालको सम्भावित पहिलो रोजाईः
गोलकिपरः किरण चेम्जोङ (कप्तान)
रक्षकः सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, निशान खड्का
मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा
स्ट्राइकरः अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आयुष घलान
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *