नेपालले जित्यो अमेरिकालाइ

खेलकुद मुख्य खबर

बिस्वकप क्वालिफायर अन्तर्गत अमेरिका बिरुद्दको आफ्नो खेल नेपालले ६ विकेटले जितेको छ।

२०८ रनको पिछा गरेको नेपालले ४३ ओभरमा ४ विकेटको नोक्सानमा पूरा गर्यो।नेपालकालागी मध्यक्रमका ब्याटसम्यान भिम शार्किले शानदार अर्धशतक प्रहार गरे भने ओपनर ब्याटसम्यान कुशल भुर्तेल र अर्का ब्याटसम्यान दिपेन्द्र सिंह ऐरिले उत्कृष्ट साझेदारी गरे।भिमले ११४ बलमा ७७ रन(७ चौका १ छक्का)हाने भने दिपेन्द्रले ३२ बलमा ३९ रन(५ चौका १ छक्का)को आक्रमक इनिङ्ग खेले।तेसैगरी कुशलले ३९, रोहित पौडेलले १६, कुशल मल्ल १३,आसिफ सेख १२ रनको योगदान दिय । अमेरिकाका तर्फबाट नेत्राभाल्कर,पटेल,केन्जिगे र टेलरले १-१ विकेट लिय।

उता अमेरिकाले आफ्नो पारिमा २०७ रन बनायको थियो जसमा विकेटकिपर ब्याटसम्यान सायान जहाङ्गिरले शतकिय पारी ७९ बलमा १०० रन र शुसान्त मोदानिको ४२ रनको पारी बाहेक अरु कसैले समहालियर खेल्न सकेन।नेपाली बलर करन केसी ले अमेरिकाको माथिल्लो क्रम ध्वस्त पार्दै ४ विकेट लिय भने गुल्सन झाले तल्लो क्रम तहसनहस पार्दै ३ विकेट लिय भने बाकी राजबङ्सिले १ र ऐरिले २ विकेट लियका थिय।नेपालका करन केसि म्यान अफ द म्याच भयका थिय।

बिस्वकप छनौट अन्तर्गत नेपाल र अमेरिकाको दोस्रो खेल हो।नेपालले आफ्नो पहिले खेल जिम्बाबे सङ्ग ६ विकेटले हारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *