
नेपालगन्ज : इंग्ल्याण्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले जारी एशेज सिरिजको पाँचौं टेस्ट पछि आफ्नो खेलाडी करियरबाट सन्यास लिने बताएका छन् ।
तीव्र गतिका बलरमा उनी टेस्टमा विश्वकै दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । उनी अघि तीव्र गतिका बलरमा सर्वाधिक विकेट जेम्श एन्डरसनले ६ सय ९० विकेट लिएका छन् ।

उनले टेस्ट क्रिकेटमा ३ हजार ६ सय ५६ रन समेत बनाएका छन् ।
२००७ मा उनले कोलम्बोको एसएससीमा श्रीलङ्काविरुद्ध टेस्ट डेब्यु गरेका थिए ।
ब्रोडले ओभलमा जारी पाँचौ तथा अन्तिम टेस्टको दोस्रो दिन शुक्रबार राति अकस्मात आफ्नो अवकासको निर्णय गरेका थिए ।
