अभिनाष सहित तीन खेलाडिको पुनरागमन सहित क्रीकेट टिमको घोषणा

मुख्य खबर

 नेपालगन्ज : चीनको हान्झोउमा हुने १९ औं एसियाली खेलकुदको नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । 

अभिनाष बोहरा लगायत तीन खेलाडि समाबेश गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेपाल क्रिकेट संघ(क्यान) ले १५ सदस्य टोली नाम पठाएको छ ।

विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादव खेलाडीले पूनरागमन गर्दा विश्राम पाउने तीन खेलाडीमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की रहेका छन् ।

एसियाली खेलकुदमा क्रीकेट टि२० फर्मेटमा हुनेछ।

नेपालको टोली :

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *