खजुराको आव ०७९/०८० को प्रगती समीक्षा सम्पन्न

मुख्य खबर

खजुरा गाउँपालिकाले वार्षिक समिक्षा गरेको छ । गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि वार्षिक प्रगति समिक्षा गरेको हो ।

समिक्षा कार्यक्रममा पालिकाका सबै शाखाहरुले प्रगती विवरण प्रस्तुत गरेका थिए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, शाखाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको उपस्थिती रहेको थियो ।

अध्यक्ष विकले विनियोजन भएको रकमको पुर्णतया खर्च गर्ने बातावरण बनाउनुपर्नेमा जोड दिए । खजुराको विकासमा कुनै बाधा अर्चन आउन नहुने भन्दै उनले कार्यक्रमहरु सबै नियमसंगत सम्पन्न गर्न कर्मचारीहरुलाइ निर्देशन दियका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *