भुर्तेलले ६ विकेट लिदा नेपाललाइ सामान्य लक्ष्य

मुख्य खबर

एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा यूएई ‘ए’ ले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । बुधबार कुशल भुर्तेलको कीर्तिमानि बलिङ्गमा कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो । 

यूएईका लागि ओपनिङ ब्याटर लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । ८२ बल सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे । इथान डिसुजाले १८ रन बनाए । आर्यांश शर्माले १४ रन, अश्वनाथ वल्थपाले १६ र जस जियानानीले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका भुर्तेलले ४० रन खर्चंदै ६ विकेट दिए । मौसम ढकालले २ विकेट लिँदा कुशल मल्ल र पवन सर्राफको नाममा १/१ विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *