खजुराका बिधालय ४ दिन बन्द

मुख्य खबर

खजुरा: बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि खजुराका सबै विद्यालय तिन दिनका लागि बन्द गरिएको छ ।बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि खजुरा गाउँपालिकाको शिक्षा शाखाले शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पालिकाका सबै विद्यालयका विद्यार्थीमा आँखा पाक्ने

क्रमण देखिएकोले शिक्षा शाखाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हाे।खजुरा गाउँपालिका शिक्षा समितिको

मिति २०८०/०४/२३ गतेको निर्णयानुसार मौसम परिवर्तनका कारण आँखा पाक्ने चिलाउने र सुनिने खालको महामारीको रुपमा फैलिरहेको हुँदा उच्च जोखिमभएको विश्लेषण गरी स्वास्थ्य शाखाले गरेको सिफारिसका आधारमा महामारी न्यूनिकरण गर्नका लागि मिति २०७०।०४।२४ गते देखि मिति २०८०।०४।२७ गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गर्ने र मिति २०८०/०४/२८ गतेआइतबार १० बजे देखि नियमित अध्ययन अध्यापन गर्न गराउनु हुनका साथै घर, समुदाय र विद्यालयमा आँखा पाकेका विरामीले नजिकको स्वास्थ्य चौकीमासम्पर्क गरी आँखा जाँच गराउने नियमित आँखाहात सरसफाइ गर्ने जस्ता कार्यको उच्च सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा अनुरोध गर्दै सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुलाई महामारीबाट बच्नका लागि तोकिएको मितिसम्म अनिवार्यरुपमा पठन पाठन स्थगित गर्न सूचना प्रकाशित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *