कुशल प्रेरित नेपालको सान्त्वना जित

मुख्य खबर

पि सारा ओभल कोलोम्बोमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्सनमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको छ । 

 युएइले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । 

सन्दीप जोरा र देव खनालले समान २४/२४ रन बनाए ।

युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए । 

अर्धशतकधारि कुशलले बलिङ्ग तर्फ पनि नेपाललाइ धारिलो बलिङ्ग गरेर युएइलाइ धराशायी बनायका थिय । नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *