
नेपालगन्ज : नेपाली बजारमा चर्चित रहेको अर्ना ब्रान्डले ‘अर्ना छक्का’चाैका सार्वजनिक गरेको छ। यती ब्रुअरी लिमिटेडद्वारा अर्ना छक्का चौका (६.४) सार्वजनिक गरिएको हो ।
नेपालगन्जमा भने अर्ना छक्का चौका (६.४) आधिकारिक रुपमा सोमबार देखी उपलब्ध हुने यती ब्रुअरी लिमिटेड वेस्ट रिजनका रिजनल सेल्स म्यानेजर कमल बडुले बताएका छन् । याे विशेष संस्करण बियर नेपाली क्रिकेट फ्यानहरु लाई समर्पित छ र माइट,चामल, हप्स को प्रयोग गरी बनाएको छ । धेरै नेपालीकाे चाहना र भावनाहरु संग जाेडिएकाे बडु बताउनु हुन्छ।

अर्ना छक्का चौकामा ६.४ प्रतिशत अल्कोहलको मात्रा रहेको छ। ‘छक्का चौका भनेको ६.४ प्रतिशत अल्कोहल हो,’ यती ब्रुअरी लिमिटेडले भनेको छ, ‘विषेश थप चाहिँ क्रिकेटको लागि समर्पित गरेर निकालिएको हो।

एसिया कप क्रीकेट तथा टि २० विश्वकप छनौट खेलमा यती ब्रुअरी लिमिटेडको अर्नाले क्रीकेट खेलाडी प्रोत्साहनको लागी नेपाली क्रीकेटलाई माया गर्ने दर्शकको मन जित्ने योजना अगाडी सारेर आफैमा चर्चा रहेको ब्राण्ड हो ।
नेपाली क्रीकेटले फड्को मार्दै गर्दा मानिसहरु माझ छक्का चौका आफैमा पपुलर छ।’ बजारमा खेलसँग जोडेर निकालिएको यस ब्रान्डले क्रिकेटका पारखीहरुको मन जित्ने विश्वास लिइएको छ ।
अर्नाले पछिल्लो समय नेपाली बजारमा ३३० मिलि ( पुन्टे ) र ६५० मिलिको ठूलो गरी दुई वटा साइजमा बजारमा ल्याएको छ। जसको अधिकतम खुद्रा बिक्री मूल्य १७० र ३३० रुपैयाँ रहेको छ।
क्रिकेट खेलमा सर्वाधिक प्रयोग हुने छक्का चौका शब्दको प्रयोग गर्दा नेपाली क्रिकेटका समर्थकहरुले यस ब्रान्ड मन पराउनुका साथै व्यापारिक हिसाबले सफल हुने अनुमान गरिएको छ ।
यति ब्रुअरी लिमिटेडको नेपालगन्जको आधिकारिक बिक्रेता वेस्ट ल्यान्ड ट्रेडिङ्ग प्राली नेपालगन्जले सोमबार देखि नै बाँकेको हरेक क्षेत्रमा यतिको नयाँ ब्राण्ड ‘अर्ना छक्का’ चाैका पुराउने योजनामा रहेको छ ।
नेपालगन्ज क्रीकेट खेल र नेपाली क्रीकेटलाई माया गर्ने दर्शकको संख्या ठूलो रहेकाले याे क्रीकेटको छक्का चौका संग रिलेटड ब्राण्डले ठूलो सफलता पाउनेमा यति ब्रुअरी लिमिटेडको नेपालगन्जको आधिकारिक बिक्रेता वेस्ट ल्यान्ड ट्रेडिङ्ग प्रालीका संचालक अकल बहादुर बमले बताउनु भएकाे छ।
यति ब्रुअरीले बजारमा ल्याएकाे अर्ना छक्क चाैक बियर व्यावसायिक मुनाफा मात्र नभई यस ब्रान्डकाे आम्दानी बाट नेपाली क्रिकेट लगायत अन्य खेलकुदलाई सहयाेग गर्ने हुनाले सबैले याे ब्रान्डलाई माया गर्दिन संचालक बमले अनुरोध गर्नुभयो । बजारमा अरु बियर भन्दा फरक भएकाे हुनाले सबैले एक चाेटी आनन्द लिनपनि भनिएकाे छ।
