टिम डि एजले होलि फेस्टिबल गर्दै

मुख्य खबर

नेपालगन्ज : टिम एड्जले नेपालगन्जमा होली फेस्टिबल कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राझामा होली फेस्टिबलको तयारी भैरहेको टिम एड्जका संचालक दिनेश थापा मगरले जानकारी दिएका छन ।

चैत ११ गते होलि पुर्णिामा भएता पनि तराईमा होली भने दोस्रो दिन मनाउने प्रथा भएकाले हामीले पनि चैत १२ गते भब्यताका साथ होलि फेस्टिबल कार्यक्रम मनाउने तयारीमा जुटेको थापाले बताए ।

टिम एड्जको आयोजनामा हुन लागेको `होली फेस्टिबल सिज-३´ को तयारी सुरु भैसकेको र सहकार्यका लागि प्रपोजलहरु विभिन्न कम्पनी , संघ संस्थालाई बुझाएको छोै र केहि संघ संस्था र कम्पनीहरुले सहकार्यका लागि मन्जुर भैसक्नु भएको छ । अब केही दिनमा पत्रकार सम्मेलन गरेर होली फेस्टिबलको जानकारी दिने थापा बताए ।

भैंयापुरमा हुने होली फेस्टिबलमा नेपाली गीत-संगीत, घैंटो फोड, डिजे म्युजिकका साथमा आनन्द र उत्सवका लागि तयार भएर बस्न नेपालगन्जियालाई आग्रह समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *