
नेपालगन्ज : खजुरा गाउँपालिका ७ न.वडा कार्यालय को सहयोग तथा खजुरा गाउँपालिका आयुर्वेद शाखा को आयोजना मा जेष्ठ नागरिक को लागि स्वास्थ्य प्रबर्द्धन कार्यक्रम नेपाल रास्ट्रिय माध्यमिक बिधालय खजुरा ७ गोदहना बाके मा गरिएको छ ।
यस कार्यक्रम को अध्यक्षता खजुरा गाउँपालिका ७ न.वडा अध्यक्ष राम गोपाल यादव ज्यु , प्रमुख अतिथि खजुरा गाउँपालिका को अध्यक्ष डम्बरबहादुर बिक , बिशिस्ट अतिथि खजुरा गाउँपालिका को उपाध्यक्ष मन्जु मल्ल ज्यु , अतिथि खजुरा गाउँपालिका सामाजिक बिकास समिती को सयोजक कृष्णा कुमारी पोखरेल ,७ न.वडा सदस्यहरु , बाके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा .गिता रेग्मि, प्राबिधिक स्वास्थ्यकर्मी कबिराज रोशन शर्मा , कविता खत्री , सोनपुर स्वास्थ्य चौकि प्रमुख प्रकाश गौतम ज्यु , नेपाल रास्ट्रिय माबि को प्र.अ पारसनाथ बर्मा , ७ न.वडा सचीव धर्मराज यादब, आयुर्वेद शाखा प्रमुख किरण खनाल , स्वकीय गङा वलि , कार्यालय सहयोगि सबिना केसि लगायत को उपस्थिति मा सु -सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी बिकले जेष्ठ नागरिक र उनिहरुको दिर्घ जिबनको लागि स्वास्थ्य सेवा घर सम्मै पुगेर प्रदान गअर्ने पालिकाको योजना अनुसार हरेक वडामा कार्यक्रम गरिने बताउनु भयो।

यस जेष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य शिबिर कार्यक्रम मा ५२ जना पुरुष र ५३ जना महिला गरि कुल १०५ जना जेष्ठ नागरिक ले सेबा लिनु भएको छ ।
यस कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने स्वास्थ्यकर्मि को टिम लगायत बिधालय परिवारलाई गाउपालिका अध्यक्ष डम्बर बहादुर बिकले बिशेश धन्यवाद दियका थिय ।
