
खजुरा।बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७मा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरमा करिब दुई सय बिरामीको जाँच तथा औषधी वितरण गरिएको छ।
२९ ओैं जनयुद्ध दिवसकाे अवसरमा स्थानीय खजुरा गाउँपालिका ७ साेनपुरमा आयोजित शिविरमा अनुभवी डाक्टरहरुले स्वास्थजाँच गरेका थिए।२९ औं जनयुद्ध दिवशको विशेष उपलक्ष्यमा खजुरा गाउँपालिका द्वारा आयोजित स्त्री तथा जनरल फिजिसीयन रोग सम्बन्धीं बृहत स्वास्थ्य शिविरमा उल्लेख्य सहभागिता रहेको थियो।


खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान )द्वारा उदघाटन गरिएको स्वास्थ्य शिविरमा माओवादी पार्टी खजुरा गाउँपालिका अध्यक्ष राज कुमार विक, खजुरा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामगोपाल यादव , खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल , स्त्रीरोग विशेषज्ञ डा.अमिरुन निशा,मेडिकल अधिकृत डा.देवेन्द्र आचार्य ,मेडिकल अधिकृत डा.सराेज कुमार शाह ,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले बताए ।
कार्यक्रमका प्रमुख अथिति खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान )निःशुल्क स्वास्थ्य शिविरबाट आम नागरिकलाई राहत पुग्ने बताए ।
