खजुरा गाउपालिकामा जनयुद्द दिवसको बिदा

मुख्य खबर

खजुरा : फागुन १ अर्थात् जनयुद्ध दिवसको दिन बाँकेको खजुरा गाउँ पालिकाले सार्वजनिक बिदा दिने भएको छ।

खजुरा गाउँपालिकाको २८ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले फागनु १ जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर  विकले जानकारी दिनुभयाे।

देशको राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध र जनयुद्धमा सहादत दिने सहिदको ठूलो योगदान रहेकाले ऐतिहासिक दिनको सम्मान गर्दै जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको अध्यक्ष विकले बताए।  संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगका रुपमा रहेको सशस्त्र जनयुद्ध सुरुभएको दिन २०५२ फाल्गुन १ गतेको स्मरण गर्दै यस गाउँपालिकामा अत्यावश्यक सेवा  बाहेक पालिकाभित्रका सरकारी कार्यालय, संघसंस्था सबै बन्द रहनेछन्। गाउँपालिकाले आफ्नो आधिकारिक पत्र नै सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *