खजुरा गाउपालिकामा जनयुद्द दिवसको बिदा

मुख्य खबर

नेपालगन्ज : जनयुद्ध दिवसको अवसरमा खजुरा गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

स्वास्थ्य सम्बन्धी अत्यावश्यक सेवा बाहेक खजुराले गाउँपालिका र सो अन्तर्गत रहेका वडा कार्यालय र पालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय, संघ–संस्था तथा निकायहरू बन्द रहने जानकारी गराएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाद्वारा हस्ताक्षरित सूचनामा फागुन १ गते सम्पूर्ण कार्यालय, विद्यालय र निकायहरू बन्द रहने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *