शिक्षकका जायज माग सम्बोधन गर्न सरकारसङ्ग खजुरा गाउपालिकाको माग

मुख्य खबर

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले शिक्षकहरुको जायज मागहरूमा समर्थन जनाएको छ ।

मंगलबार पालिका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आवश्यक सहजीकरणको लागी पत्र लेख्दै सो कुरा बताएका हुन् ।

प्रस्तुत पत्रमा खजुरा गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरु संघीय शिक्षा ऐन नेपाल सरकारले जारी नगरेको र शिक्षकहरुको माग सम्बोधन नभएको भनी संघीय शिक्षा ऐन जारी गराउने प्रयोजनको लागि काठमाडौं केन्द्रित अनिश्चितकालिन आन्दोलनमा रहेको र उक्त आन्दोलनबाट विद्यालयका नियमित कामकाज तथा गाउँपालिकाका शैक्षिक कार्यक्रमहरुमा पनि प्रत्यक्ष प्रभाव परेको बताउदै खजुरा गाउँपालिकाले शिक्षकहरुको जायज मागमा खजुरा गाउँपालिकाको समर्थन रहेको बताएको छ ।

साथै पालिकाले लेखेको पत्रमा शैक्षिक सत्र २०८२ को भर्ना अभियानसमेत तोकीएको समयमा सञ्चालन गर्न नसकिने अवस्था सूर्जना भएकोले  यथोचित मागहरु सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण निर्माणका लागि अनुरोध समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *