नेपाल मानव धर्म समिती राप्ती भेरी बाट अशोक थापा सम्मानित

मुख्य खबर

नेपालगन्ज : नेपाल मानव धर्म सेवा समिती राप्ती भेरी क्षेत्र बाँकेले मानव धर्मका प्रणेता सदगुरु श्री सतपाल जी महाराजको ७३ ओैं जन्मोत्सवको अवसर पारेर विभिन्न ब्यक्तिहरुलाई सम्मान गरि मनाएको छ ।

जन्म-उत्सव कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति भेरि-राप्ती क्षेत्र आश्रमकी प्रभारी माहात्मा चन्दना बाइजिको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद मिना श्रेष्ठ , विशिष्ट अतिथि नितु चन्द, अतिथि आपेन्द्र बस्नेत प्रकृती एफ.एम तुल्सिपुर दाङ, पिंकी गुप्ता पतन्जली योग तुल्सिपुर दाङ , नेपाल मानव धर्म सेवा समितीका केन्द्रिय सल्लहाकार तथा राष्ट्रिय कार्य समिती शरद कुमार राई , राप्ति भेरी क्षेत्रका सम्पूर्ण कार्यसमिति र चन्द्रकान्ता बाईजी, देवि बाईजी, वैरागीनी बाईजी, पूजा बाईजीको उपस्थिति रहेको थियोे ।

आश्रम समितीले हरेक बर्ष मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजको जन्मोत्वसको अवसरमा हरेक ३-३ महिनामा वृहत् रक्तदान कार्यक्रम साथसाथै अन्य कार्यक्रम गरेर मनाउने गरेको आश्रम सचिव मंगल जिएमले बताउनु भयो ।

नेपाल मानव धर्म सेवा समिति भेरि-राप्ती क्षेत्र आश्रममा बाईजीहरुको प्रवचन तथा संस्था को परिचय एवं सतसंग विचार नेपाल मानव धर्म सेवा समिती राप्ती मेरी क्षेत्रका सल्लाहाकार लाल बहादुर मल्लले राख्नु भएको थियो भने प्रमुख अतिथि, विशिष्ट अतिथिले आआफ्नो मन्तव्य तथा शुभकामना दिनु भएको थियोे ।

सदगुरुदेव श्री सतपालजी महाराजको जन्मोत्वसको अवसरमा बिशिस्ट अतिथि , प्रमुख अतिथि , एटीएम अनलाइन न्युज प्रा.लि का संस्थापक अशोक थापा, द रोयल फिटनेसका संचालक अमित मल्ल ठकुरी , गोैंरव मल्ल , नरेन्द्र शाही , प्रकृती एफ.एम तुल्सिपुर दाङ लगायतलाई सतपालजी महाराजको जन्मोत्वसमा विभिन्न क्रियाकलापमा सहयोग गरेको भन्दै सम्मान गरिएको थियोे ।

कार्यक्रमको संचालन नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी क्षेत्रका सचिव मंगल जिएमले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *