साफ यु१९ मा नेपाल पराजित

मुख्य खबर

साफ यु-१९ फुटबल च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।

बिहीबार साँझ काठमाडौंस्थित दशरथ रंगशालामा पाकिस्तानविरूद्धको खेलमा नेपाल १ गोलले पराजित भएको हो।

पहिलो हाफमा दुबै देशका खेलाडीहरूले गोल गर्न सकेका थिएनन्। दोस्रो हाफमा भने पाकिस्तानले गोल गरेको हो।

पाकिस्तानका लागि अलि जफरले ७७ औं मिनेटमा गोल गरेका हुन्। जफरको गोल नै जितका लागि निर्णायक हुन पुगेको हो।

यो प्रतियोगिता बिहीबारदेखि असोज १३ गतेसम्म प्रतियोगिता हुनेछ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन्। अर्को समूहमा भारत, भुटान र बंगलादेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *