
नेपालगन्ज : असोज ३ अर्थात् संविधान दिवस। संविधान दिवस २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो क्रममा बाँकेको खजुरामा खजुरा युवा क्लबद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
संविधान दिवसको उपलक्षयमा खजुरा युवा क्लबले खजुरा बजारको मनकामना जाने बाटो (पृथ्वी चोक)मा दिप प्रजवलन कार्यक्रम गरेको हो ।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजु कोइरालाले गरेका थिए भने कार्यक्रममा युवा समाजसेवी लेखनाथ सापकोटा , एस के खत्री लगायतले संविधान दिवसको अवसरमा आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा देशका सम्पुर्ण शहिदहरुलाई सम्झिदै १ मिनेट मौन धारण गरि चोकमा युवाहरु द्वारा मैनबत्ती बालेर राखीएको थियोे । खजुरा युवा क्लबद्वारा आयोजित कार्यक्रमको संचालन क्लबका सचीव उत्सब सिजाली मगरले गरेका थिए ।
आज बाँकेका विभिन्न स्थान संगै देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।
