कुलदिपको अर्को धारिलो बलिङ्ग

मुख्य खबर

नेपालगन्ज : भारत एक खेलअगावै जारी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको सुपर फोरको आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा अल आउट हुँदै १७२ रनमा समेटियो।

भारतका कुलदीप यादवले ९.३ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । रविन्द्र जडेजाले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले दुई, हार्दिक पान्ड्या र मोहम्मद शिराजले एक एक विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४९.१ ओभरमा २ सय १३ रनमा अल आउट भएको थियो । भारतका कप्तान रोहित शर्माले ४८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए ।

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर श्रीलंकाको स्पिन आक्रामण सामु भारतीय ब्याटिङ चल्न सकेन । युवा स्पिनर दुनिथ वेलालागे र पार्टटाइम स्पिनर चरिथ असलंकाले सानदार बलिङ गर्दै मध्यम योगफलमै रोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *