
जापनाविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै स्विडेन फिफा महिला विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ ।
स्विडेन पाँचौ पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

न्यूजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा शुक्रबार सम्पन्न खेलमा स्विडेनलाई जित दिलाउन अमान्डा इलेस्टेडेट र फिलिपा एन्जलडेटले समान एक गोल गरे । जापानका लागि होनोका हायाशीले एक गोल फर्काइन्।
खेलको ३२औं मिनेटमा एलेस्टेडेटको गोमार्फत स्विडेनले अग्रता लिएको थियो । ५१औं मिनेटमा एन्जलडेटले पेनाल्टीमार्फत गोल गर्दै स्विडेनको अग्रता दोब्बर बनाइन् ।८७औं मिनेटमा हायाशीले गोल गर्दै जापानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
स्विडेनले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले शुक्रबार नै सम्पन्न पहिलो क्वार्टरफाइनलका नेदरल्यान्ड्सलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
