
क्रिकेटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज एक पत्रकार सम्मेलन आयोजना गरेर सन्यास घोषणा गरेका हुन् ।
ज्ञानेन्द्रले भने – “यत्रो वर्ष क्रिकेट खेलेँ । प्रकृतिको नियम नै हो । चेञ्ज हुनुपर्छ । भित्रैदेखि फिल गरेको कुरा भनेको यही ठिक समय हो ।”

ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा आफ्नी पत्नीबाट निकै साथ पाएको बताए । आफ्नी छोरीलाई पनि सम्झिएँ । छोरीको नाम लिँदा उनको गला अवरुद्ध भएको थियो ।
उनले भने “राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु ।”
ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय ५० ओभरमा ३७ म्याच खेल्दै ८७६ रन बनायका छन र १ विकेट पनि लियका छन भने टि२० तर्फ ४५ म्याचमा एक शतक सहित ८८३ रन बनायका छन।
सन २०२०-२१ मा नेपाली रास्ट्रीय क्रीकेट टिमको कप्तान रहेका मल्लले १ अगस्ट २०१८ मा एकदिवसिय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिय भने १६ मार्च २००९ मा टि२०I डेब्यु गरेका थिय ।दुबै तर्फ दोस्रो क्याप प्राप्त खेलाडी हुन ज्ञानेन्द्र ।
