
अखिल नेपाल कबड्डि संघले एसियन खेलकुदमा सहभागी हुने महिला कबड्डि टिमको बैदेशिक प्रशिक्षण गराउने भयको छ।
१९ औ एसियालि खेलकुदमा महिला कबड्डीको बैदेशिक प्रशिक्षणको लागि स्थान र उचित किसिमको तालिमको ब्यबस्थापन गर्न अखिल नेपाल कबड्डी संघको २०८०-०४-०६ को निर्णय अनुसार अध्यक्ष तुलसी थापाको नेतृत्व मा सचिब तर्कराज भट्ट र कोषाध्यक्ष कृष्णदेब पन्त भारतको दिल्ली प्रस्थान गर्नु भयको छ।

नेपालको महिला कबड्डि टिम एसियामा भारत बाहेक अरु बलिया टिमसङ्ग हाबी रहेको छ।
नेपालको टिम पदकको बलियो बिश्वास सहित सहभागी हुदैछ।हाल बन्द प्रशिक्षण काठमाडौ स्थित टेबलटेनिसको कभर्डहल लैनचौरमा सन्चालन भैरहेको संघका महासचिव अर्बिन्द झाले बतायका छन।
उक्त टिमलाइ मुख्य प्रशिक्षक पार्बती राई र सहायक प्रशिक्षक बिष्णु भट्टले प्रशिक्षण गराइरहेका छन।
