

नेपालगन्ज स्थित भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्र शाह नियुक्त भयका छन।


नेपाल सरकारको २०८०-०३- १७ को मन्त्रीस्तरिय निर्णय अनुसार नेपालगन्ज भेरी अस्पताल बिकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाह लाई नियुक्त गरेको छ। शाह नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दल जिल्ला अध्यक्ष हुन भने नेपालगन्ज उपमहानगरपालिका वडा न १३ का निबर्तमान वडाअध्यक्ष समेत हुन।


नेपालगन्जमा सामाजिक र राजनैतिक रुपमा इमानदार र अनुशासित छवि भयका शाह स्वास्थ्य क्षेत्रमा समेत जानकार रहेका छन।

भेरी अस्पताल बिकास समितिको अध्यक्षको कार्यकाल ३ बर्षको हुन्छ।
