

नेपालगन्ज : कृषि ज्ञान केन्द्र बाँकेले कार्यान्वयन गरिएका चालु आर्थिक वर्ष २०७९/८० का कार्यक्रममा शतप्रतिशत सकिएको छ ।

बुधबार नेपालगन्जमा संचारकर्मीहरु संग एक अन्तरक्रिया कार्यक्रम गर्दै कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक वर्ष २०७९/८० का कार्यक्रममा शतप्रतिशत सकिएको जनाएको हो ।



कृषि ज्ञान केन्द्रले चालु र पूँजीगत तर्फको खर्च कार्यान्वयन भएका कार्यक्रममा निकै राम्रो बताएको छ । बुधवार पत्रकारसँगको अन्तरक्रियामा कार्यालयमा जनशक्तिको अभावका बावजूद समयमा काम गर्न सकेको, केही उदाहरणीय काम सम्पन्न भएको निमित्त प्रमुख अहमदले जानकारी दिए ।

कृषिमा सम्भावना छ तर त्यसका लागि सबैले काम गर्नुपर्छ, निमित्त प्रमुख अहमदले भने, बाँकेमा कृषि उत्पादन बढाएर निर्यात गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ ।’ उनले त्यसको उदाहरण मह र च्याउ रहेको बताए। ‘अहिले बाँकेबाट मह र च्याउ अन्य जिल्ला निर्यात हुने गरेको छ, मेहनत गर्ने हो भने कृषिबाट राम्रो आम्दानी गर्न सकिने, निर्यात पनि घटाउन सकिने बताउँदै उनले भने ।
सीमित स्रोत, साधन र जनशक्तिमा ज्ञान केन्द्रले काम गरिरहेको छ, आवश्यक जनशक्ति छैन, तर पनि काम भने यस बर्ष समयमै सकेका छौं’, निमित्त प्रमुख अहमदले भने, ‘अघिल्लो बर्ष जस्तो कार्यान्वयन गरिएका कार्यक्रमको भुक्तानी रोकिने अवस्था छैन, सबै भुक्तानी गरिसकेका छौं।’
