नेपालले जित्यो थाइल्यान्डलाइ

खेलकुद

एसीसी यु १६ मेन्स इस्टर्न रिजन कप २०२३ को पहिलो खेलमा नेपालले थाइल्यान्डलाइ २२५ रनको अन्तरले पराजित गरेको छ।नेपालले जितका लागि थाइल्यान्ड सामु २ सय ७०  रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

टस जितेर ब्याटिङका लागि आएको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रनको योगफल खडा गरेको थियो ।

नेपालका ओपनर निरज कुमार यादवले ७४,नारेनले अविजित ५४, ओपनर सुर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे । 

उता थाइल्यान्डको पारिमा डानुफेन र बेनर्जी बाहेक कसैले क्रीजमा टिक्न सकेनन।डानुफेन १२ र बेनर्जीले १६ रन प्रहार गरेका थिय।

थाइल्यान्डलाई ४४ रनमा समेटन नेपाली बलर सन्तोस यादवले ५ विकेट लिय।उनले आफ्नो ३.२ ओभरमा ८ रन खर्चेर ५ विकेट लिय भने अभिनास तिवारिले २ र अशोक धामीले ३ विकेट लिय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *