खजुरा गाउपालिकाको१३ औ गाउसभा प्रारम्भ

मुख्य खबर

खजुरा: खजुरा गाउँपालिकाको १३ औं गाउँसभाले विभिन्न नीति तथा कार्यक्रम २०८०/८१ पारित गरेको छ ।

सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

पालिका अध्यक्ष बिकले प्रस्तुत गरेको खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम २०८०-८१ सर्वसम्मत पारित भएको हो ।

अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउसभा सदस्यहरु वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोकाय, ८ का अध्यक्ष फिरोज खान र ३ कि सदस्यले आफ्नो मत राखेका थिए ।

पालिका अध्यक्ष बिकले प्रस्तुत गरेको खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम २०८०-८१ मा विभिन्न क्षेत्रहरूमा नीति तथा कार्यक्रम पेश गरिएको थियो ।

कृषि शिक्षा स्वास्थ्य र भौतिक पुर्बाधार निर्माललाइ विशेष जोडदियको नीति तथा कार्यक्रममा युवा र स्वरोजगारमा समेत ध्यान दिइयको छ।

क्षेत्रगत रुपमा पेश गरिएको शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार , कृषि सम्बन्धी, पशुसेवा, राजस्व, युवा तथा खेलकुद र बित्तीय ब्यवस्थापन सम्बधित नीति तथा कार्यक्रम, कृषि तथा पर्यटन सम्बन्धी, खानेपानी तथा सरसफाइ, बन बाताबरण तथा बिपद ब्यवस्थापन, उद्योग, व्यापार, घरेलु तथा साना उद्योगका सम्बन्धमा, सहकारी, लैङ्िगक समानता तथा सामाजिक समावेशीकरण निति, सामाजिक सुरक्षा, गरुबी निवारण तथा रोजगार, भुमिनिती तथा भुमिहिनको ब्यवस्थापनको सम्बन्धमा, गौरसरकारी संस्था र समन्वय तथा सहकार्यको सम्बन्धमा विभिन्न नीति तथा कार्यक्रम पारित भएका छन् ।

खजुरा गाउँपालिकाले यहि असार १० गते दिनको १ बजे आव ०८०/०८१ को बजेट ल्याउन लागेको गाउपालिका सन्चार सल्लाहकार चन्द्र बोहराले बताय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *