साइबर अपराध र आइटी सम्बन्धि सेमिनार सम्पन्न

बिज्ञान तथा प्रविधि मुख्य खबर

नेपालगन्ज: कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेले विद्यार्थीलाई आइटी क्षेत्रमा अध्ययन र साइबर सुरक्षाको बिषयमा जानकारी दिन लुम्बिनी प्रबिधिक बिश्वबिद्धालयको सहयोगमा कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रसान्त बिष्टले अहिलेको युवापुस्ताहरु जानेर नजानेर ईन्टरनेटको प्रयोग संगै दुरुपयोग गर्ने गरेको अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थीलाई इन्टरनेटमा के गर्न हुने र के गर्न नहुने कुरा छुट्याउन मद्धत पुग्ने बताएका थिए ।आगामी आर्थिक बर्षदेखी नेपालगन्ज उपमहानगरपालिकाले समेत यस किसिमको कार्यक्रम गर्ने बताय।

बाँकेका विभिन्न कलेजहरुबाट सहभागी ३०० बढी विद्यार्थीहरुलाई लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका कुल सचिव रेग बहादुर भण्डारीले साइबर सुरक्षा साइबर अपराध र यसबाट जोगिन गर्नुपर्ने सजगता र विद्यार्थीको लागी कक्षा १२ पछि सूचना तथा प्रविधिमा रुची हुनेहरूले पाउने अवसर र प्राविधिक शिक्षाको महत्त्व आवश्यकता तथा यस्को लोकप्रियताका बिसयमा चर्चा गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रममा बिशिष्ट अतिथि समेत रहेका लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका उपकुलपति प्राध्यापक डाक्टर बिनोद प्रसाद ढकालले अहिलेको युगमा देश बिकासको लागी आइटी क्षेत्रमा अब्बल जनशक्ति उत्पान गर्नै पर्छ र सोही उदेश्यले लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयले कार्य अगाडि बढाएको बताएका थिए ।

क्यान महासंघ बाँकेका अध्यक्ष शिशिर नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका डिन कृति कुसुम जोशी, क्यान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भोजराज तिमिल्सिना, कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेका कार्यसमिति सदस्य रमेश क्षेत्री लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *