“आदिपुरुष” सर्बत्र आलोचित

मनोरञ्जन मुख्य खबर

पौराणिक कथामा आधारित चलचित्र “आदिपुरुष” नेपालमा बिबादित भयको छ। उक्त चलचित्रमा राखियको एक सम्बादले नेपाल र नेपालिप्रती अपमान गरेको बताइयको छ।

काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले उक्त चलचित्रको एउटा विवादास्पद संवाद नहटाए काठमाण्डूका सिनेमाघरहरूमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न रोक लगाउने घोषणा गरेका थिए।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने ‘आपत्तिजनक सन्देश’ चलचित्रको मूल भागबाटै हटाउन महानगरका मेयरले आह्वान गरेका थिए। सच्याउन तीन दिनको म्याद दिइएको थियो।

‘‘काठमाण्डू महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाण्डू महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि (सोमवार) देखि निषेध गरिएको छ,’’ आइतवार सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा शाहले गरेको पोस्टमा उल्लेख छ।

पोखरा महानगरले पनि जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म महानगरपालिका क्षेत्र भित्रका सिनेमाघरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारणमा रोक लगाइएको चलचित्र घरहरूलाई जानकारी गराएको बताइएको छ।

उता धरानका मेयर हर्क साम्पाङ्गले “हाम्रो देशको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौमसत्तामा आँच आउने कुनै पनि सोचविचार, अभिव्यक्ति र व्यवहार हामीलाई सह्य छैन। त्यसकारण यो हिन्दी चलचित्र आदिपुरुषमा सीता भारतमा जन्मेको भन्ने खालको अभिव्यक्ति … त्यो डायलग छ अरे भन्ने सुनेको छु। त्यो आपत्तिजनक विषय हो। त्यसो भएको कारण त्यो सम्बन्धित चलचित्र धरानको सिनेमाघरहरूमा पनि प्रदर्शनको लागि हामीले रोक लगाएका छौँ,’’ सोमवार फेसबुकमा भिडिओ पोस्ट गर्दै उनले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *