निर्माणाधीन सडक अलपत्र पारिएको भन्दै खजुराका युवाहरुद्वारा सडक अवरुद्ध

अर्थ बाणिज्य मुख्य खबर समाचार

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा निर्माणाधीन सडक अलपत्र पारिएको भन्दै खजुराका युवाहरुले शनिबार खजुरा-गुलरिया सडकखण्ड अवरुद्ध पारेका छन् ।

खजुरा गाउँपालिकाको पेडारी नाला देखी क्यान्सर अस्पतालसम्म खजुराका युवाहरुले एक घण्टा सडक अवरुद्ध पारेका थिए ।

खजुराका युवा नेता उत्सव सिजाली मगरका अनुसार ठेकेदार कम्पनी सम्पर्कमा आएर तीन बजे छलफल गर्ने सहमति पछि सडक अवरुद्ध खुलेको छ ।

ठेक्का भएको लामो समयसम्म पनि खजुरा एक नम्बर गाउँपालिका जाने बाटो देखी धनौलिसम्म बाटो बन्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *